समाचार

मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द



काठमाडौँ, १६ भदौ । मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा मुसलधारे पानीसहित सडकमा लेदो र पहिरो खसेको मुग्लिन प्रहरीले जनाएको छ ।

बिहान साढे ५ बजेतिर पहिरो खसेको हो । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको पनि प्रहरीले जनाएको छ । त्यस्तै, चितवनको इच्छाकामना गाउँपालिका ६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ ।

त्यहाँ पनि सडक बन्द भएको छ । ढुङ्गा पन्छाउन टोली खटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।