राजनीति

नागरिकता विधेयकबारे राष्ट्रपतिको चासो : राष्ट्रिय सहमति खोज्ने प्रयास



काठमाडौँ, १६ भदौ । आफूले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै आउने संकेत देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारूढ माओवादी केन्द्रका नेतासँग चासो राख्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरूसँगको भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे चासो राख्नुभएको थियो । दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति भण्डारीले केही संशोधनको आवश्यकता औंल्याउँदै सुझाव र सन्देशसहित फिर्ता गर्नुभएको थियो ।

प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित गरिसकेको र राष्ट्रिय सभाबाट पनि हुबहु पारित भई फेरि प्रमाणीकरणका लागि उक्त विधेयक आउने भएपछि राष्ट्रपति भण्डारीले दलका शीर्षनेतासँगको छलफललाई तीव्रता दिनुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।