अर्थ

आयात प्रतिवन्ध लगाएको वस्तुको एलसी नखोल्नू : राष्ट्र बैंक



काठमाडौँ, १६ भदौ । नेपाल राष्ट्र बैंकले आयात प्रतिवन्ध लगाएका वस्तुको एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ ।

सरकारले आयात नगर्ने भनेका ४ प्रकारका वस्तुको एलसी नखोल्न भनिएको हो । सरकारले गत वैशाख १३ गतेदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । सरकारको सो निर्णयअनुसार भदौ १४ गतेसम्म त्यस्ता वस्तुको आयात रोकिएको थियो । तर, सरकारले भदौ १४ गते नै अर्काे निर्णय गर्दै आयात प्रतिवन्ध गरिएका १० प्रकारका मध्ये ६ प्रकारका वस्तुको आयात खुल्ला गर्ने र ४ प्रकारका वस्तुको प्रतिवन्ध कायमै राख्ने निर्णय गरेको थियो ।

सरकारले गरेको निर्णय अनुसारका वस्तु आयातको लागि एलसी नखोल्न राष्ट्र बैंकले भनेको हो । सरकारले विदेशी ब्राण्डका मदिरा, सवारी साधन, १५० सीसीभन्दा माथिको इञ्जिन क्षमताका मोटरसाइकल र स्मार्टफोन आयातमा प्रतिवन्ध कायमै राखेको छ ।