Banner News

अध्यक्ष दाहालद्वारा चितवन–३ बाटै प्रतिस्पर्धा गर्ने घोषणा



काठमाडौँ, १७ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले चितवन क्षेत्र नम्बर–३ बाट नै निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।

आज सुर्खेत विमानस्थल परिसरमा सञ्चारकर्मीसित कुरा गर्दै उनले यसअघि पनि आफूले सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएको र यप पटक पनि त्यहीँबाट प्रतिस्पर्धा गर्ने बताएका हुन् ।

उनले भने, “मैले प्रस्ट भनिसकेको छु, चितवनको क्षेत्र नम्बर–३ । म पहिला पनि त्यहीँबाट लडेको हुँ, अहिले पनि त्यहीँबाट लड्नेछु ।”