Banner News

१०६ जनामा कोरोना संक्रमण, ३९८ जना डिस्चार्ज



काठमाडौँ, १७ भदौ । थप १०६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९७ हजार ६६० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ८९१ जना रहेका छन ।

मन्त्रालयका अनुसार ३९८ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८२ हजार ७६४ जना रहेको छ । पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ५ जना रहेको मन्त्रालयले जनाएको छ ।