राजनीति

कांग्रेसका गाउँपालिका अध्यक्ष यादवसहित सयौँ नेता कार्यकर्ता जसपा प्रवेश



सप्तरी, १८ भदौ । नेपाली काङ्ग्रेसका स्थानीय तहका प्रभावशाली नेता दीपक यादव (टुटु बाबु) को नेतृत्वमा ७०० नेता कार्यकर्ता जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

शुक्रबार सप्तरीको महादेवा गाउँपालिकामा आयोजित कार्यक्रममा यादव सहित नेकपा (माओवादी केन्द) का राजनारायण साह लगायतका नेता कार्यकर्ताहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले खादा तथा माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।

यादव स्थानीय तहको निर्वाचनमा महादेवा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार थिए । पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पार्टीका प्रवक्ता मनिस सुमन, पार्टीका राजनीतिक समिति सदस्य तथा मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र यादव लगायतका नेताहरुको उपस्थिति थियो ।