काठमाडौँ, १९ भदौ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विद्रोही समूहले पनि ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ । पवन कार्की नेतृत्वको विद्रोही समूहले ‘रिभोलुसनरी फोर्स’ घोषणा गर्न लागेको हो ।
यसअघि अध्यक्ष पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स यही भदौ २२ गते सार्वजनिक गर्ने घोषणा गरेको थियो । समानान्तर गतिविधि गर्दै आएको कार्की नेतृत्वको समूहले त्यसको एक दिन अगाडि अर्थात भदौ २१ गते गते नै सोही प्रकृतिको फोर्स गठन गर्न लागेको हो । अखिल क्रान्तिकारीको विद्रोही समूहले भदौ २१ गते काठमाडौंमा क्रान्तिकारी विद्यार्थीहरुको दस्ताको रुपमा रिभोलुसनरी फोर्स घोषणा तथा मार्चपास कार्यक्रम आयोजना गरेको छ ।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा एकलौटी ढंगले केन्द्रीय समिति र पदाधिकारी चयन गरेको भन्दै कार्की नेतृत्वको समूह असन्तुष्ट छ । सो समूहले देशैभर समानान्तर गतिविधि गर्दै आएको छ । अध्यक्ष पञ्चा सिंहले कार्की र उनको समूहका नेताहरुलाई संगठनबाट निस्कासन गरेको निर्णय गरे पनि माओवादी अध्यक्ष प्रचण्डको हस्तक्षेपका कारण उक्त निर्णय कार्यान्वयन भएको छैन ।










प्रतिक्रिया दिनुहोस्