अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १९ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजारमा १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।