समाचार

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ



स्याङ्जा, १९ भदौ । जिल्लाको पुतलीबजार नगरपालिका–८ मा ४२ वर्षीया मञ्जु दमाईको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार हत्या आरोपमा उनका पति ४० वर्षीय गोपाल दमाईलाई पक्राउ गरेको हो । भदौ १४ मा गोपालले कुटपिट गरेर टाउकोमा समेत हिर्काएपछि गम्भीर घाइते भएकी मञ्जुलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मञ्जुको मृत्युपछि पक्राउ परेका पतीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।