काठमाडौँ, १९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायिक सम्पादनमा आफूले कुनै कमजोरी नगरेको जिकिर गरेका छन् ।
महाअभियोग सिफारिस समितिमा तेस्रो दिन बयान दिँदै उनले आफूले डीआईजी रञ्जन कोइरालाको मुद्दामा गरेको आदेशमाथि भने पश्चाताप व्यक्त गरेका छन् ।
समिति सदस्य मीन विश्वकर्माले जबराले समितिको अगाडि डीआईजी कोइरालाको मुद्दामाथिको फैसलाबारे भने अलि पश्चताप रहेको जस्तो देखाएको जानकारी दिए । उनका अनुसार सोही विषयमा मात्र महाअभियोग पास हुने भए भोग्न तयार रहेको जबराले बताएका छन् ।
कोइरालाको सजाय घटाउने विषयमा समितिमा जबराले “न्यायाधीशसँग सजाय निर्धारण गर्ने अधिकार हुन्छ र मैले कोइरालाको पारिवारिक अवस्था र परिवारले अदालतमा उपस्थित भएर दिएको बयानको आधारमा न्यायिक मनबाट त्यस्तो फैसला गरेको हुँ,” भनेका थिए ।
जबरासँग संसदीय समितिले आज एक घण्टा मात्र बयान लिएको छ । बयानको तेस्रो दिन आज उनलाई पाँच वटा प्रश्न सोधिएको महाअभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्माले जानाकारी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्