काठमाडौँ, १९ भदौ । संसद्को आयु पहिलो बैठकबाट सुरु हुने प्रस्तावसहितको विधेयक संसद्ले स्वीकृत गरेको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
एमालेका सांसदहरूले सैद्धान्तिक बहसमा विधेयकमा विषयमा फरक मत राखेपनि मन्त्रीले स्वीकृतिका लागि राखेको प्रस्तावमा समर्थन जनाएका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा मत विभाजन गर्दा एमालेले मौन स्वीकृति जनाएको हो ।
संसद्को अर्को बैठक आगामी २१ गते १ बजेका लागि डाकिएको छ ।










प्रतिक्रिया दिनुहोस्