काठमाडौँ, २१ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनले राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर गराउने बताएका छन् ।
आज मन्त्रालयमा नेपाल प्रेस युनियनसम्बद्ध सञ्चारकर्मीसितको भेटमा बोल्दै उनले सञ्चारकर्मीले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए । उनले निर्वाचन निर्धारित समयमा हुने भन्दै अहिलेको गठबन्धन कायम रहनेमा शंका नरहेको बताए ।
उनले भने, “निर्वाचन निर्धारित समयमा सम्पन्न हुन्छ र यो निर्वाचनमा अहिलेको जुन गठबन्धन छ, यो गठबन्धन कायम रहन्छ । यो गठबन्धनले मुलुकलाई राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउँछ । मुलुकको राजनीतिलाई सही ट्रयाकमा ल्याउन गठबन्धनको निर्माण भएको हो, “यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडोभन्दा चाँडो भाषणमा, टेलिभिजनमा, दस्तावेजमा होइन, व्यवहारमा अनुभूत हुने गरेर अघि बढाउने दृढ संकल्पका साथ अघि बढ्छ । सिट तीन आधारमा बाँडफाँट हुन्छ । न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका साथ सिटको बाँडफाँट व्यवस्थित रूपले चाँडै नै हुनेछ ।”










प्रतिक्रिया दिनुहोस्