पर्वत, २२ भदौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधि सभा सदस्यका लागि पर्वतबाट सिफारिस भएका छन ।
नेकपा एमाले पर्वतको छैटाैं बैठकले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनौट गर्ने क्रममा अध्यक्ष तिमिल्सिनाको नाम सिफारिस गरेको हो । राष्ट्रिय सभामा अध्यक्ष तिमिल्सिनाको कार्यकाल अझै एक वर्ष भन्दा बढी रहेको भएपनि गृह जिल्लामा प्रत्यक्ष उम्मेदवार बन्ने इच्छा देखाएमा उम्मेदवार बन्न सक्ने भन्दै बैठकमा प्रस्ताव आएपछि उम्मेदवार सिफारिस गरिएको हो ।
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना उम्मेदवारीका लागि इच्छुक नरहेको तर संसदमा खेलेको भूमिकाको सम्मानस्वरुप नाम राखेर पठाउनुपर्ने कुरा उठेपछि नाम राखेर पठाइएको हो । अध्यक्ष तिमिल्सिनासँगै एमालले केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य कल्पना चापागाई, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पदम गिरी, संविधान सभा सदस्य तथा गण्डकी प्रदेशका पूर्वमन्त्री विकास लम्सालको नाम सिफारिस गरेको छ ।










प्रतिक्रिया दिनुहोस्