काठमाडौँ, २३ भदौ । देशका विभिन्न ठाउँमा डेङ्गीको सङ्क्रमण फैलिन नदिन लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ ।
डेङ्गीको सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र पालिका तहसँग समन्वय गरिरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले डेङ्गी नियन्त्रणका लागि प्रदेश र पालिका सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरी काम थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान भइरहेको नेपालगञ्ज छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले पनि सबैलाई हप्ताको एक दिन लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्न अभियान सञ्चालन गर्न अपिल गरेको छ ।
डेङ्गी सङ्क्रमण बढिरहेकाले सबैलाई हप्ताको एक दिन घर वरिपरिको पानी जमेको ठाउँमा रहेका लामखुट्टको लार्भा तथा अण्डा नष्ट गर्न अपिल गरेको छ ।










प्रतिक्रिया दिनुहोस्