काठमाण्डौ,२३ भदौ । नेकपा एमालेले निर्वाचन क्षेत्र, जिल्ला कमिटी र प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाएका उम्मेदवारहरूका नाममाथि छानविनको प्रकिूया अघि बढाएको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको मापदण्डमा रहेर उम्मेदवार छनोट गरी क्षेत्र, जिल्ला र प्रदेश हुँदै पार्टी केन्द्रमा पठाउन निर्देशन दिएको थियो । सोहीअनुसार पठाएका नामबारे आन्तरिक छानबिन भइरहेको एमाले नेताले जानकारी गराए ।
ती नेताका अनुसार अहिलेसम्म तीन प्रदेश गण्डकी, सम्पर्क समन्वय समिति र उपत्यका समन्वय समिति० को सिफारिस आइसकेको छ । अरु आउने क्रममा छ । आज बेलेका सम्म सबै नाम आउने अपेक्षा गरिएको छ ।
एमालेले भदौ २२ भित्र प्रदेशहरूलाई उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको थियो । एमाले नेताहरुका अनुसार प्रदेशबाट आएका नाममा प्रदेश कमिटीका इन्चार्जसहित सरोकारवालासँग छलफल पनि भइरहेको छ । तर सबै प्रदेशबाट नाम आइसकेपछि सचिवालय बैठक बसेर कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भनेर अन्तिम निर्णय गर्ने एमालेले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्