राजनीति

देउवासंग कांग्रेस जिल्ला सभापतिहरुको रुखमा भोट हाल्न पाउनु पर्ने माग



काठमाडौ,२३ भदौ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आगामी निर्वाचनमा सबै मतदाताले रुखमा भोट हाल्न पाउनुपर्ने माग गरेका छन् ।
बागमती प्रदेशअन्तर्गत १३ जिल्लाका सभापतिहरूका तर्फबाट धादिङ सभापति रामनाथ अधिकारीले बालुवाटार पुगेर आज ज्ञापन पत्र बुझाएका हुन्। बिहीबार बिहान जिल्ला सभापतिहरुले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सबै ठाउँका मतदाताले प्रत्यक्षतर्फ नै रुख चुनाव चिह्नमा मतदान गर्न पाउनुपर्ने माग गरेका हुन् । सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा सिटको बाँडफाँट हुने र कतिपय सिट अन्य पार्टीहरुलाई दिनुपर्ने अवस्था रहेकोमा कांग्रेस सभापतिहरुले संघ नपाए सम्बन्धित संघीय क्षेत्रका दुवै प्रदेशसभा क्षेत्र कांग्रेसले राखेर सिटको बाँडफाँट हुनुपर्ने माग गरेका हुन् ।

गठबन्धन हुँदा कांग्रेसले चितवन(३, धादिङ(१, सिन्धुपाल्चोक(१, काभ्रे(१, काठमाडौँ(२, काठमाडौँ(८, रामेछाप, मकवानपुर(१, नुवाकोट(१ र ललितपुर(१ अन्य दललाई छोड्नुपर्ने अवस्था छ । जिल्ला सभापतिहरुले ती क्षेत्रमा संघमा गठबन्धनका अन्य दलबाट उम्मेदवार भए प्रदेशका दुवै क्षेत्र का‌ग्रेसले आफ्नो भागमा राख्नुपर्ने माग गरेका छन् । वाग्मती प्रदेशमा प्रतिनिधिसभाका ३३ र प्रदेशसभाका ६६ निर्वाचन क्षेत्र छन् ।