राजनीति

नेपाली मौलिक चाडपर्वले समाजलाई एकताबद्ध बनाउँछः प्रधानमन्त्री देउवा



काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली मैलाकि चाडवर्पहरुले नेपाली समाजलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले कुमारी इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिँदै नेपाली मौलिक चाडपर्वले जातीय, भाषिक, सांस्कृतिक विविधता युक्त नेपाली समाजलाई एकताबद्ध बनाउने बताउनुभयो । उहाँले धर्म संस्कृति, चाडपर्वको संरक्षण र संवर्द्धन गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।

साथै उनले शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा मनाइने कुमारी इन्द्रजात्रा जस्ता पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उल्लेख गर्नुभयो ।