काठमाडौँ, २४ भदौ । नेपालको मानव विकास सूचकाङ्क खस्किएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदन, सन् २०२१/२२ को प्रतिवेदनमा नेपालको मानव विकास सूचकाङ्क खस्किएको उल्लेख छ । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क सन् २०२१ मा ० दशमलव ६०२ रहेको छ ।
सन् २०१९ मा ० दशमलव ६११ रहेको मानव विकास सूचकाङ्क २०२० मा ० दशमलव ६०४ थियो । सन् २०१८ मा भने नेपालको मानव विकास सूचकाङ्क ० दशमलव ६०१ थियो । दक्षिण एसियाली देशमा नेपाललगायत भारत र भुटानको पनि मानव विकास सूचकाङ्क घटेको देखिएको छ । यो प्रतिवेदन अनुसार मानव विकास सूचकाङ्कमा नेपाल १ सय ४३औँ स्थानमा छ । दक्षिण एसियाली देशमा पाकिस्तान १ सय ६१, भारत १ सय ३२, बङ्गलादेश १ सय २९, भुटान १ सय २७ र श्रीलङ्का ७३औँ स्थानमा छ ।










प्रतिक्रिया दिनुहोस्