अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २४ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजारमा ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।