राजनीति

कांग्रेस मनाङले टुङ्ग्यायो उम्मेदवारको सिफारिस



मनाङ, २४ भदौ । नेपाली कांग्रेस मनाङले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई उम्मेदवार बनाउनका लागि सर्वसम्मत सिफारिस गरिएको छ । कांग्रेसको जिल्ला कार्यसमिति बैठकले नेता गुरुङलाई एकल र सर्वसम्मतरूपमा सिफारिस गरेको हो ।

प्रतिनिधिसभा समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्युङ गुरुङ (कर्मा)लाई सिफारिस गरिएको छ । प्रदेशसभा क्षेत्र नं १ (क) मा प्रत्यक्षतर्फ सङ्दो लामा, चन्द्र घले, छिरिङ घ्याल्पो लामा र मुनिन्द्रजङ्ग लामाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ महेन्द्र घलेको नाम सिफारिस गरिएको जनाइएको छ । प्रदेशसभा क्षेत्र नं १ (ख)मा गठबन्धन सरकारका स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको बताइएको छ । गण्डकी प्रदेश सरकारमा गठबन्धनका पार्टी र स्वतन्त्र सांसद सहभागी छन् ।