समाचार

चट्याङ लागेर एकको मृत्यु



दार्चुला, २५ भदौ । जिल्लाको नौगाड गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो । वडाध्यक्ष नारायण सिंह ठगुन्नाका अनुसार पार्की घरमा एक्लै थिए ।