काठमाडौँ, २८ भदौ । चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष ली चान्शुसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भेटवार्ता भएको छ ।
आज बिहान संसद भवनमा ली नेतृत्वको संसदीय प्रतिनिधि मण्डलसँग माओवादी नेतृत्वले भेटवार्ता गरेको हो ।
यसअघि ली नेतृत्वको प्रतिनिधि मण्डलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको टोलीसँग भेटवार्ता गरिसकेको छ ।










प्रतिक्रिया दिनुहोस्