राजनीति

आन्तरिक व्यवस्थापन राम्रो गर्न नकस्दा ५० सिट गुम्यो : अध्यक्ष दाहाल



काठमाडौँ, ३० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक व्यवस्थापन राम्रो गर्न नकस्दा ५० सिट गुमेको बताएका छन् ।

आज बिहान दिवंगत नेता पोष्टबहादुर बोगटीको ८ औं स्मृति दिवस समारोहलाई पार्टी मुख्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले गत स्थानीय निर्वाचनमा राम्रो व्यवस्थापन गर्न सकेको भए माओवादी देशको पहिलो कम्युनिष्ट पार्टी बनिसकेको हुने बताए ।

उनले भने, ‘यो कुनै मनोगत कुरा होइन । आन्तरिक व्यवस्थापन राम्रो गर्न नकस्दा ५० सिट गुम्यो ।’

उनले अब आउँदो निर्वाचनमा माओवादी देशकै पहिलो कम्युनिष्ट पार्टी बन्न सक्ने मजबुत आधार रहेको जिकिर गरेका छन् । उनले अहिले पनि जनताले देशको चाबी माओवादीलाई सुम्पन चाहेको बताए । ‘स्थानीय निर्वाचनको सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीकै हातमा देशको चाबी दिन चाहन्छन्,’ उनले भने, ‘यसका लागि माओवादीबीच आन्तरिक एकता आवश्यक छ भन्ने हामीले महसुस गर्दै आएका छौं ।’