काठमाडौँ, २ असोज । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको नामावली तयार गर्न नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।
बैठक बिहान ११ बजे बस्नेछ । यसअघि हिजो बसेको पार्टी सचिवालय बैठकले सङ्घीय तर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशीतालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो ।










प्रतिक्रिया दिनुहोस्