Banner News

सर्वोच्च अदालतमा बढाइयो सुरक्षा



काठमाडौँ, २ असोज । सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्चको मुख्य गेटमा सुरक्षाकर्मीको संख्या बढाइएको हो ।

नेपाल बार एसोसिएसनका पदाधिकारी एवं सदस्य र कानुन व्यवसायी सर्वोच्च परिसरमा भेला भएर बसेका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज सर्वोच्चमा फर्कने तयारीबीच सुरक्षा सतर्कता बढाइएको हो ।

जबरा सर्वोच्च फर्किए भित्र प्रवेश गर्न नदिने बारको तयारी छ ।