समाचार

सिटी सफारीको ठक्करबाट बृद्धको मृत्यु



सुनसरी, ५ असोज । सुनसरीमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका ९ फुलबारी टोलमा सिटी सफारीको ठक्करबाट पैदल यात्री बृद्ध इटहरी ५का ८२ वर्षीय उमाकान्त भण्डारीको मृत्यु भएको हो ।

हिजो बेलुका साढे ५ बजे भित्री सडकखण्डमा प्रदेश १ ०२ ००३ ह ३०४१ नम्बरको सिटी सफारीले बृद्धलाई ठक्कर दिएको थियो । घाइते उनको न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।