समाचार

न्युप्लाजास्थित बिजुलीको पोलमा आगलागी



सांकेतिक तस्बिर

काठमाडौँ, ५ असोज । काठमाडौँको पुतलीसडक न्युप्लाजास्थित बिजुलीको पोलमा आगलागी भएको छ ।

पुतलीसडकबाट अनामनगरतर्फ जाने सडक किनाराको पोलमा १० बजेतिर आगलागी भएको हो । महानगरको दमकलद्वारा आगो नियन्त्रणमा ल्याइएको छ । उक्त आगलागीबाट मानवीय क्षति भएको छैन । बिजुलीका तारहरु मात्रै नष्ट भएका छन ।