Banner News

नागरिकता कागजको खोस्टो होइन : अध्यक्ष थापा



मकवानपुर, ७ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका छन ।

चुनाव केन्द्रित कार्यक्रममा गृह जिल्ला मकवानपुरमा पुगेका अध्यक्ष थापाले बकैया गाउँ पालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ । जन्मसिद्ध नागरिकका सन्तानले सहज रूपमा नागरिकता पाउनुपर्छ । तर विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्वीकार गर्न सकिँदैन ।”

राजनीतिक दलहरू विशेष गरी युवाहरू राजनीतिक स्वार्थको गोटी बन्नु नहुने उनको भनाइ छ । उनले सरकार र दलहरूको मर्यादाहीन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तनको दिन नसकेको टिप्पणी गर्नुहुँदै लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हाबी भएको बताए ।