काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालको दुईदिने भ्रमणमा रहेको युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोलीबीच भेटवार्ता भएको छ ।
बिहीबार काठमाडौँ आइपुगेको प्रतिनिधिमण्डलको टोलीले शुक्रबार बिहान मन्त्रालयमा डा. खड्कासँग भेट गरेको हो । भेटमा नेपाल र यूरोपियन युनियनका द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको छ । पर्यावरण, जलवायु परिवर्तन तथा नवीकरणीय उर्जा, व्यापार तथा लगानी, विकासशील मुलुकमा नेपालको अवस्था तथा त्यसको तयारी र पर्यटन उद्योग तथा नागरिक उड्डयनका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोली नेपालको संवधिान २०७२ जारी भएयता यहाँको संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका विषयमा जानकारी लिन र द्विपक्षीय सहकार्यका विषयमा छलफल गर्न नेपाल भ्रमणमा आएको हो । युरोपेली संसदको भ्रमण टोलीमा अष्ट्रियाबाट रेग्नर नेतृत्वमा जर्मनीबाट उलरकी मुलर, म्याक्समिलियिन केराह र चेक रिपब्लिकाबाट टमस जेचोभस्की छन् ।










प्रतिक्रिया दिनुहोस्