समाचार

४८ वर्षीया महिलामाथि बलात्कार गर्ने किशोर पक्राउ



कञ्चनपुर, ७ असोज । कञ्चनपुरमा ४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ परेका छन् ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१० गज्जर बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो । किशोरले ती महिलालाई सोही ठाउँस्थित खेतबारीमा बलात्कार गरेको उजुरीपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।