Banner News

५१ जनामा कोरोना संक्रमण, १०० जना डिस्चार्ज



काठमाडौँ, ९ असोज । थप ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९९ हजार ५७५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार २२३ जना रहेका छन ।

मन्त्रालयका अनुसार १०० आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८६ हजार ३३५ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १७ जना रहेको मन्त्रालयले जनाएको छ ।