समाचार

५४ वर्षीय एक पुरुष मृत फेला



झापा, ९ असोज । जिल्लाको मेचीनगर नगरपालिका–१२, कालिझोडामा एकजनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार विर्तामोड–४ बस्ने ५४ वर्षका देवीप्रसाद पोखरेल मृत अवस्थामा फेला परेका हुन् ।

प्रारम्भिक जाँचका क्रममा पोखरेलले विष सेवन गरेको हुनसक्ने देखिएको छ । नजिकै विषको बट्टा पनि बरामद भएको छ । अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।