Banner News

५३ जनामा कोरोना संक्रमण, ८४ जना डिस्चार्ज



काठमाडौँ, १० असोज । थप ५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९९ हजार ६१४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार १७८ जना रहेका छन ।

मन्त्रालयका अनुसार ८४ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८६ हजार ४१९ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १७ जना रहेको मन्त्रालयले जनाएको छ ।