समाचार

ट्याक्टरबाट खसेर एकजनाको मृत्यु



दैलेख, ११ असोज । दैलेखमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका ५ खापरथानमा हिजो बेलुकी ट्याक्टरबाट खसेर स्थानीय १७ वर्षीय केसेन्द्र नेपाली मृत्यु भएको हो । खापरथानबाट जम्बुकाँधतर्फ जाँदै गरेको भे २ त ११७३ नम्बरको ट्याक्टरबाट हिजो बेलुकी ८ बजे नेपाली खसेका थिए ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा नवीन मेडिकल हलमा मृत्यु भएको हो । ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।