राजनीति

राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता घोषणा



काठमाडौँ, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र समूहबीच एकता घोषणा भएको छ ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकता घोषणा भएको हो । घोषणापत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले हस्ताक्षर गरे । त्यसपछि उनीहरुले एक अर्कालाई माला लगाए ।