पोखरा, १४ असोज । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सङ्घीयता विफल भयो भन्दै पुरानै संरचनामा फर्कन नमिल्ने बताएका छन् ।
गण्डकी प्रदेश सभाका सांसदको बिदाइ कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले बत्ती बलेन भनेर टुकीको जमानामा फर्कन नमिल्ने बताए ।
उनले भने, ‘अहिले नै सङ्घीयता असफल भएको भन्न मिल्दैन र सांसदहरू नै आचरण सुधार्न लाग्नु पर्छ ।’ ‘धर्म निरपेक्षता, सङ्घीयता काम लागेन भन्नेहरू, अहिले बत्तीले काम गरेन, टुकीमै फर्कौँ भनेर हुँदैन । यो मध्य युगतिर फर्कने कुरा हो । सङ्घका २७५ सांसदमध्ये सङ्घीयता चाहिन्छ भन्ने २७४ जना त सङ्घमै छन् ।’
उनले व्यवस्थालाई प्रश्न गर्नु अघि सांसदहरूले आफ्नो आचरण सुधार्नु पर्ने बताउदै भने, ‘हाम्रो आचरण सही हुन पर्यो, व्यवस्थालाई प्रश्न गरेर छुट मिल्दैन । सङ्घीयताको महत्त्व सांसदकै कामले पुष्टि गर्छ ।’










प्रतिक्रिया दिनुहोस्