सल्यान, १५ असोज । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कुमाख गाउँपालिका–७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीया मान बहादुर पुन र १४ वर्षीया एनका पुनको मृत्यु भएको हो । रा १ ज ७९८ नम्बरको उक्त जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिरतर्फ जाँदै गरेको अबस्थामा आज बिहान दुर्घटना भएको हो ।
जीप उकालोमा ब्याक गर्ने क्रममा सडक भन्दा करिब १०० मिटर तल खसेको छ । जीपमा चालक सहित सवार १९ जना थिए । दुई जनाको मृत्यू भएको र बाँकी घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लागिएको छ ।










प्रतिक्रिया दिनुहोस्