काठमाडौँ, १६ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालीहरूको मौलिक विशेषता भनेकै विविधतामा एकता रहेको उल्लेख गर्नुभएको छ ।
दसैँ, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायत चाडपर्वहरूको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले असत्य माथिको सत्यको विजयका रूपमा मनाइने नेपाली सांस्कृतिक पर्वहरूले सबैमा उत्साह, उमंग र राष्ट्रियताको जगेर्ना गर्ने उत्प्रेरणा पैदा गरोस् भन्दै शुभकामना दिनुभएको छ । सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै उहाँले देशको भाषा, संस्कृति र सभ्यताहरूको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुनगइरहेको निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गर्नुभयो । प्रतिगमन विरोधी शक्तिलाई मत दिइ संनविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि अपिल गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्