राजनीति

द्वारिकलाल चौधरी माओवादीमा प्रवेश



काठमाडौँ, १६ असोज । नेकपा एमालेका नेता तथा इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनलाई आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका हुन् । यसअघि एमालेमा सक्रिय चौधरी विभिन्न कारणले विवादमा तानिएका थिए ।