चितवन, १८ असोज । मासु खाँदा घाँटीमा अड्किएर चितवनमा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किएपछि उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पुर्याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । रासस










प्रतिक्रिया दिनुहोस्