बुटवल, २० असोज । रुपन्देहीमा कारले स्कुटरलाई ठक्कर दिंदा २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् । कारको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि भीम अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको हो ।
चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ की वडा सचिव हुन् भने अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि हुन् । बुधबार घरमा दशैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा उनी दुर्घटनामा परेकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्