समाचार

खोलाले बगाउँदा एक जनाको मृत्यु



पाल्पा, २१ असोज । पाल्पामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । रिब्दीकोट ६ ठिमुरेमा रहेकाे मन्दी खोलाले बगाउँदा रिब्दीकोट ५ नयाँटोलकी पाँच वर्षीया प्रिन्सु पचभैयाको मृत्यु भएको हो ।

बिहीवार बेलुकी नयाँ टोलबाट रानीठाँटी जाने क्रममा पचभैयासहित तीन जनालाई खोलाले बगाएको थियो । खोला तर्ने क्रममा प्रिन्सुसँगै आमा कविता र मीना रानालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । खोलाले बगाएका कविता पचभैँया र मीना रानाको भने उद्धार गरिएको छ ।

प्रहरीका अनुसार घाइते मीनाको तानसेनमा रहेकाे लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । कविता सकुशल रहेको प्रहरीले जनाएको छ ।