एजेन्सी, २१ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने घोषणा गरेका छन् ।
बाइडेनले बिहीबार एक भिडियो सन्देशमा देशको संघीय कारागारमा गाँजा सेवन र राख्ने आरोपमा थुनिएका सबै मानिसहरूलाई रिहा गर्ने घोषणा गरेका हुन् । यसअघि राष्ट्रपति चुनावको प्रचारप्रसारका क्रममा उनले उक्त निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनको यो कदमले गाँजासम्बन्धि संघीय अपराधमा सजाय भोगिरहेका हजारौं अमेरिकीहरू लाभान्वित हुनेछन् । बाइडेनले गाँजा सेवन गरेको कसुरमा मात्रै कसैलाई जेल हाल्नु उचित नहुने बताए । ‘गाँजा राखेकै जेलमा परेर कैयौंको जीवन बर्बाद भएको छ,’ उनले भने, ‘गाँजा कब्जामा लिएको फौजदारी अभियोगका कारण मानिसले रोजगारी, घर र शिक्षाको अवसर पाउन सकेका छैनन् ।’
प्रतिक्रिया दिनुहोस्