राजनीति

एकीकृत समाजवादीका नेता-कार्यकर्ता एमालेमा प्रवेश



काठमाडौँ, २१ असोज । नेकपा (एकीकृत समाजवादी)का युवा नेता केशव चौधरी एमालेमा प्रवेश गरेका छन ।

चौधरीसँगै एकीकृत समाजवादीका ६ जना वडा अध्यक्षका प्रत्यासीसहितका नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका हुन । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई बिहीबार साँझ बालकोटमा पार्टी प्रवेश गराएका थिए ।

एमाले स्थायी समिति सदस्य तथा पूर्व मन्त्री प्रभु साहको पहलमा चौधरीलगायत नेताहरू एमाले प्रवेश गरेका हुन ।