समाचार

मकवानपुरमा बाढीपहिरोमा परी दुईजनाको मृत्यु



मकवानपुर, २२ असोज । मकवानपुरमा अविरल वर्षापछि बाढीपहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर तथा बाढीले बगाउँदा उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका–६, मागेनीका ४७ वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

यस्तै, कैलाश गाउँपालिका–३, कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ । खोला तर्ने क्रममा उनलाई बगाएको प्रहरीले जनाएको छ । रासस