राजनीति

पूर्वमन्त्री बस्नेतसहित थापा र श्रेष्ठद्वारा मनोनयन दर्ता



भक्तपुर, २३ असोज । आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशको निर्वाचनको लागि नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले मनोनयन दर्ता गरानुभएको छ । नेता बस्नेतको प्रस्थापकमा जिल्ला अध्यक्ष वचन देउजा र बस्नेतको जिल्ला उपाध्यक्षमा समर्थकमा बाशुदेब थापा रहनुभएको छ ।

आज नेता बस्नेतले जिल्लाको मध्यपुर थिमी नगरपालिका बोडे स्थित कृषी विकास तालिम केन्द्रमा रहेको क्षेत्र नं. २ निर्वाचन कार्यालयमा पुगी प्रतिनिधिसभाको लागि मनोनयन दर्ता गराउनुभएको हो । एमालेलाई जिल्लाको क्षेत्र नं. २ बाट ऐतिहासिक जीत निकाल्न उहाँको सारथीको रुपमा प्रदेश ‘क’ सूर्यविनायकबाट किरण थापा र ‘ख’ मध्यपुर थिमीबाट चन्दन कृष्ण श्रेष्ठले मनोनयन दर्ता गराउनुभयो ।

मध्यपुर थिमी नगरपालिका वडा नं. ४ स्थित शंखधर चोकबाट हजारौं कार्यकर्ताको र्याली तथा बाजागाजा सहित नेता बस्नेतसहित थापा र श्रेष्ठले मनोनयन दर्ता गराउनुभयो । भक्तपुर जिल्लामा फेरि पनि ईतिहास रच्न र समृद्ध भक्तपुर, सुखी भक्तपुर बासी बनाउने अभिभारा एमालेको काँधमा रहेको उल्लेख गर्दै नेता बस्नेतले आगामी निर्वाचनमा विजय हुने विश्वास व्यक्त गर्नुभयो । जनताको अपार मायाँ र सद्भाव आफु र आफ्नो टीममा रहनुभएका प्रदेशका उम्मेदवारमा रहेको उल्लेख गर्दै उहाँले आफ्नो नेतृत्वमा रहनुभएका एमालेका उम्मेदवारहरुले प्रदेशमा समेत तेव्बर मतले विजयी गर्ने दावी गर्नुभयो ।

भक्तपुरमा भएको विकास र समृद्धिको ईतिहासलाई संरक्षण गर्दै नयाँ मिसन, भिजन र दृढताका साथ ञसमृद्ध भक्तपुर स् सुखी भक्तपुर वासीझको सपनालाई विपनामा रूपान्तरण जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले भक्तपुरको स्वर्णिम युगको शुरूवात गर्ने महत्वपूर्ण जिम्मेवारी लिएर मंसिर ४ गते हुने संघीय तथा प्रदेशको निर्वाचनमा होमिएको बताउनुभयो । विजयको लागि प्रकृया पुरा गर्न मात्र निर्वाचन पर्खनु परेको उल्लेख गर्दै उहाँले आफु निर्वाचत भएसँगै जिल्लामा एमालेको नेतृत्वमा भइरहेका चालु आयोजनाहरुलाई सम्पन्न गराउने, औद्योगिकरण र रोजगारी वातावरण सिर्जना गर्दै युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ का लागि प्रतिनिधिसभाका तर्फ नवराज गेलाल तथा प्रदेश सभा तर्फ चाँगुनारायण ‘क’ मा मोहनवीर श्रेष्ठ र भक्तपुर ‘ख’मा नारायण सुन्दर सिन्तकलाले भक्तपुर जिल्ला समन्वय समितिसँगै स्थापना गरिएको क्षेत्रीय निर्वाचन कार्यालयमा पुगी मनोनयन दर्ता गर्नुभयो ।

कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य शशी जंग थापा, मदन सुन्दर श्रेष्ठ, जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष बाशुदेब थापा, सूर्यविनायक नगरपालिका उपप्रमुख सरिता भट्टराई लगायतकाे उपस्थिति रहेकाे थियाे ।