समाचार

राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु



दाङ, २३ असोज । दाङको राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ कुरुरीयाका ५० वर्षीय गणेश्वर चौधरी हुन् । राप्ती नदीमा दाउरा खोज्ने क्रममा शनिबार बेलुका बगेर उनी बेपत्ता भएका थिए ।

चौधरीको शव घटनास्थलदेखि तीन किलोमिटर दक्षिण राप्ती-३ बसन्तपुरस्थित राप्ती नदीमा आइतबार बिहान फेला पारेको प्रहरीले जनाएको छ ।