राजनीति

प्रधानमन्त्री देउवाले आरजुमार्फत गराए उम्मेदवारी दर्ता



धनगढी, २३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पत्नी आरजु राणामार्फत देउवाले उम्मेदवारी दर्ता गराएका हुन् । आरजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी हुन् ।