राजनीति

गोरखा- २ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता



गोरखा, २३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

आज नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउन प्रचण्ड भट्टराई र श्रेष्ठसँगै गोरखा पुगेका थिए । प्रचण्डको उम्मेदवारी मनोनयनमा प्रस्तावक डा. भट्टराई र समर्थकमा श्रेष्ठ रहेका छन् ।