चितवन, २८ असोज । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ ।
प्रहरीका अनुसार आज बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्